चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्दै माओवादी

चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्दै माओवादी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ ।

अखिल (क्रान्तिकारी)ले मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनलाई देशब्यापी व्यवस्थित र प्रभावकारी बनाउन बिशेष संरचना निर्माण गर्न लागेको हो ।

त्यसका लागि अखिलले भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष प्रचण्डले गर्ने अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

‘क्रान्तिकारी फोर्स’ अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रीय पदाधिकारीहरु, प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमुलक सहभागीता रहने उनले बताए ।