काठमाण्डु – नेकपा एमालेले संसद्को कार्यकालसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सांसद शेरबहादुर तामाङले गम्भीर विमति जनाउँदै उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेका हुन् । साथै उनले उक्त विधेयक आफूहरूलाई स्वीकार्य नहुने र त्यसपछि उत्पन्न परिस्थितीको कानुनमन्त्रीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिए ।
‘सरकारले यो विधेयक फिर्ता लिओस् भन्ने हामी चाहन्छौँ । कानुनमन्त्रीले आज फिर्ता लिएँ भन्नुभएन भने त्यसपछाडिको परिस्थिति उहाँले व्यहोर्नुपर्छ,’ तामाङले भने ।
‘हामी जिम्मेवार प्रतिपक्ष मात्र होइनौँ संसद्को जिम्मेवार टाइगर पनि हौँ । यसरी लोकतन्त्रको इकोसिस्टम बिगार्दै हिँड्ने हो भने हामी यहाँबाट निस्कने अवस्था आउन सक्छ । यस्ता विषयलाई ख्याल ख्यालको विषय नबनाऔँ,’ उनकाे भनाइ थियाे ।
उनले निर्वाचन घोषणा भएपछि संसद् स्वतः कोमामा जानुपर्ने र अधिवेशन अन्त्यको घोषणा गर्नुपर्नेमा विभिन्न बहानामा यसको कार्यकाल लम्बाएर तलब भत्ता खाइरहेकोमा आपत्ति समेत जनाए ।




प्रतिक्रिया