भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवालाई

भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवालाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।मंगलबार दिउँसो सिंहदरबार पुगेर पाण्डेले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

उक्त भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र अन्य अधिकारीहरूको पनि सहभागि थियो । भेटमा जनरल पाण्डेले आफ्नो भ्रमण कार्यतालिकाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुका साथै नेपाल सरकारले देखाएको न्यानो आतिथ्यप्रति व्यक्तिगत रुपमा आभार प्रकट गरे ।

उनले दुई देशबीचको रक्षा सहकार्यलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  त्यसैगरी भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । साथै, पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिएका थिए ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गत आइतबार आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनापतिको दज्र्यानी चिन्हसमेत प्राप्त गरेका छन्।