काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेले पुन केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गरेका छन् । आज काठमाण्डुमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले मंसिर ४ गतेको निर्वाचनपछि एमालेले पुन ओलीको नेतृत्वमा सरकार बनाउने दावी गरेका हुन् ।
उनले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताए । उनले भने, ‘एमाले राष्ट्रिय विकास र समृद्धिको योजनामा केन्द्रीत छ । गठबन्धन राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्याउने काममा लागिरहेको छ । जनताले अब एमालेलाई रोज्नेछन्, अबको सरकार केपी ओली नेतृत्वको सरकार हुनेछ ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाए । केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरु भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको थियो । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए ।




प्रतिक्रिया