काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकमा सत्तारुढ दलहरुले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले नागरिकता विधेयक नेकपा एमालेले पास गर्न नदिएको भनेर गठबन्धन दलहरुले भ्रम फैलाएको बताएका हुन् ।
‘सरकार नागरिकता विधेयक प्रतिपक्षले पास गर्न दिएन भनेर विवाद झिकेर जनतामाझ भ्रम फैलाउँदै छ ।’ ओलीले भने ‘सरकारको नियत राम्रो छैन । चुनावको मुखमा भोटको राजनीति गर्न खोज्दै छ ।’ जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भएकाले सो विधेयक ल्याउनुपर्ने उनले बताए ।
‘यो विधेयक फिर्ता लेऊ, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक संशोधन गरे तुरुन्त पास हुनेछ,’ ओलीले भने, ‘सरकार नागरिकता विधेयक पास गर्न चाहँदैन । पास नगर्ने, रोकेर राख्ने, तनाव बढाउने, राष्ट्रिय राजनीतिलाई तनाव र द्वन्द्वतर्फ लान खोज्ने ।’




प्रतिक्रिया