काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पछिल्लो समय सत्तारुढ गठबन्धनविरुद्ध उत्रिएका छन् । संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत सिट बाडँफाँट गर्न सत्तारुढ गठबन्धनलाई सकस परिरहेका बेला नेता डा. कोइराला भने गठबन्धनको विरुद्धमा उत्रिएका हुन् ।
आइतबार गृहजिल्ला मोरङमा आयोजित कार्यक्रममा उनले कांग्रेसले १०० सिट नपाए चुनावमा तालमेल नहुने बताए । केन्द्रीय कार्य समिति बैठकले नै कांग्रेसले १०० सिट पाउनुपर्ने निर्णय गरेको उनको भनाइ छ ।
‘कांग्रेसले १०० सीट पाउनु पर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन,’ ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो। यदि कांग्रेसले १०० सिट पाउँदैन भने तालमेल हुँदैन ।’, नेता डा. कोइरालाले भने ।
उनले यदि कांग्रेसको भागमा १०० सिट नपरे पार्टीभित्र नै विद्रोह हुनेसमेत दावी गरे । यता गठबन्धन दलहरु भने भागबन्डामा सहमति जुटाउन निरन्तर छलफलमा जुटे पनि सहमति हुन सकेको छैन् ।




प्रतिक्रिया