राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।