चिनियाँ नेता ली आज काठमाण्डु आउँदै, यस्तो छ भ्रमण तालिका

चिनियाँ नेता ली आज काठमाण्डु आउँदै, यस्तो छ भ्रमण तालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु चार दिने नेपाल भ्रमणको लागि आज नेपाल आउंदैछन् । सभामुख अग्नी सापकोटाको निमन्त्रणामा उनि एक सय जनाको टोलीसहित आज काठमाण्डु आउन लागेका हुन् ।

चान्सु चिनियां राष्ट्रपति सी जिनफिङपछि तेस्रो वरियताका नेता हुन् । यद्यपी उनि चिनियां कम्युनिष्ट पार्टीको आगामी अक्टोम्बरमा हुने महाधिवेशनपछि उमेर हदले अवकास पाउंदैछन् । अध्यक्ष ली र सभामुख सापकोटाबीच आजै प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । उनको सम्मानमा सभामुख सापकोटाले रात्रीभोजको आयोजना समेत गरेका छन् ।

अध्यक्ष लीले भदौ २८ मा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको । सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

यस्तै, भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको र भदौ ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।