सिंहदरबारमा नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

सिंहदरबारमा नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्नि सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा दुई देशको प्रतिनिधिमण्डलबीच नेपाल-चीनकाे संसदीय अभ्यास, परम्परा र सम्बन्धलगायत विषयमा छलफल भएकाे हाे । त्यसअघि सभामुख सापकोटा र लीबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

वार्तामा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्याय प्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा र्पुयाउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल भएको थियो । अपराह्न काठमाण्डु ओर्लिएका लीलाई स्वागत गर्न सभामुख सापकोटा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका सभामुख सापकोटाले नेता ली तथा चिनियाँ प्रतिनिधिमण्डलको सम्मानमा आज साँझ सोल्टी होटलमा रात्रिभोज आयोजना गरेका छन्। चिनियाँ नेता लीले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्का र एमाले अधयक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तालिका छ । लीले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।