अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता

अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान उनीहरुबीच नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता भएको हो । भेटमा एमालेका सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताहरु पनि सहभागी थिए ।

भेटमा दुई पक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका थिए ।