अध्यक्ष ओलीलाई भेटेलगत्तै चिनियाँ नेता लीसँग प्रचण्डको भेटवार्ता

अध्यक्ष ओलीलाई भेटेलगत्तै चिनियाँ नेता लीसँग प्रचण्डको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सबीच भेटवार्ता भएको छ ।

मंगलबार उनीहरुबीच नयाँ बानेश्वरस्थित संसद भवनमा भेटवार्ता भएको हो । भेटमा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताहरु सहभागि थिए । दुई पक्षीय भेटमा विभिन्न विषयमा छलफल भएको बताइएको छ । प्रचण्डसँग भेटवार्ता गर्नुअघि चिनियाँ नेता लिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आजै बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि भेटवार्ता गरेका छन् ।