परराष्ट्रमन्त्री खड्का महारानी एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

परराष्ट्रमन्त्री खड्का महारानी एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् ।

एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो ।

उनको अन्त्येष्टिमा संसारका विभिन्न देशका सरकार र राष्ट्रप्रमुख सहभागी हुँदैछन्। भुटानका राजा जिग्मे केशर नाम्गेल वाङ्गुचक महारानीको अन्त्येष्टिमा सहभागी हुने भएका छन् भने भारतकी राष्ट्रपति द्रौपदी मुर्मु पनि एलिजाबेथलाई अन्तिम विदाई गर्न बेलायत पुग्ने भएकी छन्।

बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

बेलायतकी महारानी हुँदा एलिजाबेथ दुई पटक नेपाल भ्रमणमा आएकी थिइन्। उनको निधनमा सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो।