सर्वोच्चका न्यायाधीश नआउने भएपछि महाभियोग समितिकाे बैठक सर्‍यो 

सर्वोच्चका न्यायाधीश नआउने भएपछि महाभियोग समितिकाे बैठक सर्‍यो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीशहरू नआउने भएपछि संसदको महाभियोग समिति बैठक सरेको छ।

आज बिहान ८ बजेदेखि बस्ने तय गरिएको बैठक सरेको हो। समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुल-कोर्ट) ले चोलेन्द्र शमशेरको महाअभियोग छानबिन समितिमा सोधपुछका लागि जान नमिल्ने निर्णय गरेको थियो।