लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

लोसपाका सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन् । लोसपाका सांसद अरगरियालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतसहित एमाले प्रवेश गर्ने भएका हुन् ।

धनुषा २ बाट चुनाव जितेका अरगरिया असोज ८ गते एमाले प्रवेश गर्ने कार्यक्रम रहेको स्रोतको दावी छ । लोसपाले अरगरियालाई सचेतकको जिम्मेवारी दिएको छ । आसन्न संघीय निर्वाचनका लागि लोसपाबाट धनुषा क्षेत्र नम्वर २ मा अरगरियाको एकल नाम सिफारिससमेत भएको छ ।

०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए ।