निलम्बित प्रधानन्याधीश चोलेन्द्रसँग पुरक बयान सुरु

निलम्बित प्रधानन्याधीश चोलेन्द्रसँग पुरक बयान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान सुरु भएको छ। महाअभियोग सिफारिस समितिले जबरासँग आज पूरक प्रश्नहरु सोधेर बयान लिन सुरु गरेको हो ।

यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर सोधपुछ गरेको थियो। त्यसक्रममा जबराले बिभिन्न आरोप लगाएका कानुन व्यवसायीहरुसँग समितिले बिहीबार छलफल गरेको थियो।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आजै बयान सकाउने तयारी गरेको छ ।