प्रतिनिधिसभाबाट तीन विधेयक पारित,अर्को बैठक भोलि १ बजे बस्ने

प्रतिनिधिसभाबाट तीन विधेयक पारित,अर्को बैठक भोलि १ बजे बस्ने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठकले तीन विधेयक पारित गरेको छ । शुक्रवार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो ।

सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । शनिवार बस्ने बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हो ।