काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताका मुद्दा स्थापीत गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसदको कार्यकाल सन्तोषजनक हुन नसकेको बताए।
२०७४ सालको निर्वाचन पनि जस्तो सोचिएको थियो, त्यस्तो संसदको पाँच वर्षे कार्यकाल हुन नसकेको उनको भनाइ छ ।
उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहंकारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाइ छ । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे।




प्रतिक्रिया