चोलेन्द्रको सम्पत्ति : ५९ लाख नगद बैंकमा, ठमेलको जग्गा धितो राखी ९ करोड ५० लाख ऋण

चोलेन्द्रको सम्पत्ति : ५९ लाख नगद बैंकमा, ठमेलको जग्गा धितो राखी ९ करोड ५० लाख ऋण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ।

समितिले बिहीबार सम्पत्ति विवरण झिकाउने निर्णय गरेको थियो । २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाण्डुमा ५९ लाख २६ हजार रुपैयाँ नगद संपत्ति विवरणमा उल्लेख रहेको देखिन्छ ।

ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५० लाख ऋण लिएको विवरणमा उल्लेख छ । त्यस्तै सम्पत्ति विवरणमा पुरानै विवरण उल्लेख भएको जनाइएको छ । साथै गरगहना पनि विवरणमा उल्लेख गरिएको छैन । श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौं–५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जमिन रहेको छ ।