काठमाण्डु – नेकपा एमालेले आज काठमाण्डुमा वाकथन (पदयात्रा) गरेको छ। एमालेले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको हाे।
वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन्। उनको साथमा धर्मपत्नी राधिका शाक्य पनि सहभागी छन्। उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट विहान ७ बजे हजारौं मानिसहरूको सहभागितामा पदयात्रा शुरू भएकाे थियाे।

संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । बिहान ६ बजेर ४५ मिनेटदेखि सुरु भएको कार्यक्रममा उल्लेख्य सहभागीता रहेको छ।






प्रतिक्रिया