ओलीलाई देउवाको जवाफ- परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले भेट गरायो

ओलीलाई देउवाको जवाफ- परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले भेट गरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारलाई ‘परमादेशको सरकार’ भनेर टिप्पणी गरेको प्रति प्रतिनिधिसभामा व्यङ्ग्य गरेका हुन् ।

‘‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले अहिले परमादेशको सरकार भनेर भन्नुहुनेछ । यो संसद् पनि परमादेशबाट आएको हो जसले गर्दा हामीसँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए हामी सँगसँगै बसेर काम गर्नै पाउँदैन थियौँ । ठूल्ठूला विधेयक पास गर्न सक्दैन थियौँ । परमादेशले हामीलाई भेट्न मौका दिएकाले न्यायालयले पनि न्याय गर्ने मैले महसुस गरेको छु।’, देउवाले भने ।

उनलाई बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए । उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे । यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए ।