काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका छन् ।
सोमबार पार्टी कार्यालय तीनकुनेमा आयोजित नेपाल मगर संघ समाजवादीको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीभित्र व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष नेपालले एमालेभित्र केपी ओलीमा व्यक्तिवादी चरित्र देखा परेकै कारण आफूहरुले विद्रोह गर्नु परेको भन्दै एकीकृत समाजवादीमा कसैले व्यक्तिवादी चरित्र र गुटबन्दी देखिए कारबाही गर्ने बताएका छन् ।
उनले आफ्नो पार्टी पुरातनवादी पार्टीभन्दा भिन्न पार्टी भएको जिकिर गरे । उनले यसअघि जनताले दिएको जनमतलाई एकाधिकारवादी बानीले मूल्याङ्कन गर्न नसक्दा कम्युनिष्ट पार्टी भिन्न भएको बताए । पाँच दलको गठबन्धनको सरकारलाई अघि बढाउने काम गरेपछि नेपालको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको उनले बताए ।




प्रतिक्रिया