माओवादी केन्द्रको समानुपातिकमा बाबुरामको पार्टीलाई पाँच सिट

माओवादी केन्द्रको समानुपातिकमा बाबुरामको पार्टीलाई पाँच सिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको तर्फबाट बाबुराम भट्टराई नेतृ्त्वको नेपाल समाजवादी पार्टीका पाँचजना समानुपातिकको बन्दसूचीमा राखिएकाे छ । महासचिव देवप्रसाद गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार समाजवादीका ५ जना माओवादी केन्द्रको तर्फबाट समानुपातिकको बन्दसूचीमा समावेश भएका हुन्।

बाबुराम नेतृत्वको समाजवादीले माओवादीको चुनाव चिन्ह लिने सहमति भएअनुसार समाजवादीका नेताहरूलाई माओवादीले समानुपातिक उम्मेदवारमा समावेश गरेको हो।