काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । मंगलवार राति १२ बजेसम्म राष्ट्रपतिले उक्त विद्येयक प्रमाणीकरण नगरेपछि सो विद्येयक स्वतः निष्क्रिय बनेको हो ।
राष्ट्रपतिले यसअघि नागरिकता विद्येयकका केही प्रावधान सच्याउंन भन्दै संसदमा फर्काएकी थिईन । तर, प्रतिनिधिसभा र राष्ट्रियसभाले फेरी हुबहु पारित गरेपछि उनि असन्तुष्ट थिईन ।
विद्येयक सभामुख अग्नि सापकोटाले गत भदौ २० मा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । तर, यो विचमा भण्डारीले विभिन्न दलका नेता,कानुन व्यवसायी र सुरक्षा निकायका उच्च अधिकारीसंग छलफल गरेकी थिईन ।
तिमध्ये धेरैले राष्ट्रपतिलाई नागरिकता विद्येयक प्रमाणीकरण गरे राष्ट्रघात हुने भन्दै संविधानको संरक्षकको हिसावले कदम चाल्न सुझाव दिएका थिए ।,सत्ता पक्षका नेताहरुले राष्ट्रपतिले विद्येयक पारित नगरे राजीनामा दिनुपर्ने भनेपनि सर्वसाधारण भने यसमा खुसी देखिएका छन् ।




प्रतिक्रिया