काठमाण्डु- सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि त्यसबारे वक्तव्य जारी गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कदमपछि बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रपतिको कदमबारे वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।
आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे गम्भीर विचारविमर्श भएको जनाइएको छ । संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गरेकी थिइन्।
राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बताएका छन् ।
त्यसैगरी आजको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ ।




प्रतिक्रिया