अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन : बजेटभन्दा बाहिरका योजनाको विवरण २४ घण्टाभित्र बुझाऊ

अर्थ मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन : बजेटभन्दा बाहिरका योजनाको विवरण २४ घण्टाभित्र बुझाऊ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले अर्थ मन्त्रालयलई २४ घण्टे स्पष्टीकरण सोधेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले आर्थिक वर्ष २०७९/८० मा समावेश गरेका बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टा भित्र  विवरण बुझाउन अर्थ मन्त्रालयलई  निर्देशन दिएको हाे।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर गर्ने आयोगले जनाएको छ ।