सर्वोच्च अदालत राजनीतिको हतियार र मतियार बन्नु हुँदैन : अध्यक्ष ओली

सर्वोच्च अदालत राजनीतिको हतियार र मतियार बन्नु हुँदैन : अध्यक्ष ओली

पाँच वर्षभित्र नेपालबाट नागरिकता र सुकुम्वासीको समस्या समाधान हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

यस निर्वाचनले लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उनले निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने बताए ।

आइतबार गृह जिल्ला झापा दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिने छ ।” आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे । अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने उनको भनाइ थियो ।

त्यस्तै उनले एमाले नेतृत्वको सरकार बनेको एक महिनाभित्र नेपाली नागरिकतासम्बन्धी विवाद समाधान हुने समेत बताएका छन्। उनले भने, ‘पाँच वर्षभित्र नेपालबाट नागरिकता र सुकुम्वासीको समस्या समाधान हुन्छ, ग्यारेन्टीका साथ भन्छु, यो कुरा एमालेको चुनावी घोषणापत्रमा पनि उल्लेख हुन्छ।’

एमाले सरकारमा हुँदा जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्छ भनेर संविधान बमोजिम ऐन ल्याउन खोजिएको उनले बताए। ‘विधेयक प्रस्तुत गर्‍यौं। ‘तर, संसदमा विपक्षी पार्टीका सभापतिले तीन वर्षसम्म नागरिकता विधेयक रोके,’ उनले भने।

‘अध्यादेशमार्फत पनि विधेयक ल्याउन खोज्यौं,’ उनले भने, ‘सर्वोच्च अदालतले त्यसलाई पनि रोक्यो, जनतालाई परेको समस्यामा राजनीति गर्न नहुने ठाउँले राजनीतिको हतियार र मतियार बन्नु हुँदैन थियो, त्यो कुरा भयो।’