मलाई प्रधानमन्त्री बन्न अफर आइरहेको छ : प्रचण्ड

मलाई प्रधानमन्त्री बन्न अफर आइरहेको छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर आइरहेको दाबी गरेका छन् ।

प्रेस सेन्टरद्वारा चितवनमा आयोजित दसैँको शुभकामना कार्यक्रममा बोल्दै उनले अहिले पनि प्रधानमन्त्रीको अफर आएको बताएका हुन् । तर उनले कहाँबाट त्यस्तो अफर आएको भने खुलाउन चाहेनन् ।

उनले भने, ‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि आइरहेको छ । तर, म हाल प्रधानमन्त्रीको रेसमा छैन ।’

राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताउँदै प्रचण्डले भरतपुर महानगर र चितवनमा के भइरहेको छ भनेर यहाँको विकासले बोलिराखेको बताए ।