एसएसबीका प्रमुख थाओसेन मंगलबार काठमाण्डु आउँदै

एसएसबीका प्रमुख थाओसेन मंगलबार काठमाण्डु आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन नेपाल आउने भएका छन् ।

नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार काठमाण्डु आउन लागेका हुन् । बैठक असोज ११ देखि १३ गतेसम्म काठमाण्डुमा आयोजना हुँदैछ ।

उक्त बैठकमा सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका भावी रणनीतिका विषयमा छलफल हुने स्रोतले बतायो ।

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन्।