काठमाण्डु – नेतृत्वलाई दवाव दिन नेपाली कांग्रेसको शेखर कोइराला पक्षका युवा नेताहरू छलफलमा जुटेका छन् ।
ठमेलस्थित होटल यात्रीमा संस्थापन इतर समूहका नेताहरुले पार्टी सभानपति शेरबहादुर देउवामाथि दबाब बढाउनका लागि भेलाको आयोजना गरेका हुन्।
पार्टीको संसदीय बोर्डको बैठक भएको ठाउँमा शीर्ष नेतालाई घेर्ने, पार्टी कार्यालयमा रिले अनशन वा आमरण अनशन बस्ने लगायतका कार्यक्रमहरूबारे बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।
‘आजको बैठकबाट हामी दोस्रो चरणको आन्दोलनमा कसरी अघि बढेर दबाब सिर्जना गर्ने भन्नेबारेमा छलफल गर्दैछौं,’ ती नेताले भने।
उनीहरूले समानुपातिक सूची सच्याउनुपर्ने, न्यायोचित रूपमा टिकट वितरण हुनुपर्ने र ४० प्रतिशत हिस्सा दिनुपर्ने लगायतका माग अघि सारेका छन् ।




प्रतिक्रिया