एमालेबाट अरगरियाले टिकट पाउने भएपछि जसपा प्रवेश गर्दै गंगाराम

एमालेबाट अरगरियाले टिकट पाउने भएपछि जसपा प्रवेश गर्दै गंगाराम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता गंगाराम यादव जसपा प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धनुषा क्षेत्र नम्बर २ मा लोसपाका नेता उमाशंकर अरगरियालाई टिकट दिने गरी पार्टी प्रवेश गराएका थिए ।

अध्यक्ष ओलीले धनुषाको क्षत्र न. २ मा अरगरियालाई टिकट दिने भएपछि असन्तुष्ट रहेका यादव आज जसपामा प्रवेश गर्न लागेका हुन् । आज उनले जनकपुरमा पत्रकार सम्मेलनमार्फत एमाले परित्यागको घोषणा गरेर जसपामा प्रवेश गर्ने कार्यक्रम छ ।

जसपाले यादवलाई धनुषाको क्षेत्र न. २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।