काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ५१ जनामा डेंगु देखिएको छ । एकैदिन एक हजार ५१ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
हालसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । त्यसैगरी अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया