एमालेमा भीम रावलको क्षेत्रबाट झपट बोहरा उम्मेदवार बन्ने

एमालेमा भीम रावलको क्षेत्रबाट झपट बोहरा उम्मेदवार बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — नेकपा एमाले नेता भीम रावलको क्षेत्रबाट झपट बोहरा उम्मेदवार बन्ने भएका छन् । एमालेको अछाम जिल्ला कमिटी र सुदुरपश्चिम प्रदेश कमिटिले रावलको नाम अछाम क्षेत्र नम्बर १ का लागि सिफारिस गरेको थियो । तर, रावलले आफु उम्मेदवार हुनेबारे नसोचेको प्रतिक्रिया संचारमाध्यमलाई दिएका थिए । उनले नेताको घरमा टिकट माग्न समेत नजाने बताएका थिए ।

एमालेले उनको सट्टा बोहरालाई उम्मेदवार बनाउने लगभग तय भइसकेको स्रोत बताउंछ । बोहरा यसअघि अछामको क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बोहराकै पहलमा रावलको नाम एकल पठाइएको थियो ।

रावल अछाम १ बाट निर्वाचित सांसद हुन् । उनले नेपाली कांग्रेसका भरत स्वारलाई पराजित गरेर निर्वाचित भएका थिए । रावल पछिल्लो समय सुदुरपश्चिम पार्टीको सम्र्पकमा समेत नभएको बताइन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेता रावलको सट्टा एमाले केन्द्रीय सदस्य समेत रहेका अछाम जिल्ला इन्चार्ज झपड बोहरालाई निर्वाचन लडाउने पक्षमा रहेको स्रोत बताउंछ । सुदुरपश्चिमका एमाले नेताहरुसंग बालकोटमा छलफल गर्दै अध्यक्ष ओलीले बोहरालाई तयारी गर्न निर्देशन दिए हुन् ।

बोहरा यसअघि सुदुरपश्चिम प्रदेश सरकारमा अर्थमन्त्री थिए । उनले मन्त्री पद त्यागेर तत्कालिन माओवादी केन्द्रका नेता लेखराज भट्टसहित एमालेमै बसेका थिए । बोहराको पछि सांसद पद समेत गुमेको थियो ।

अछाममा समाजवादीका अध्यक्ष हिरन्ड भट्टराईसहित समाजवादीका बहुसंख्यक नेता कार्यकर्ता एमालेमा फर्किसकेका छन् । उनलाई एमालेमा फर्काउनमा इन्चार्ज बोहराको भुमिका छ ।