वरिष्ठ उपाध्यक्ष पद लिएर भोलि राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

वरिष्ठ उपाध्यक्ष पद लिएर भोलि राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्ने भएका छन् । उनी वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपामा प्रवेश गर्ने निश्चित भएको हो ।

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहबीच भोलि (बुधबार) १२ बजे राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मिश्रसँगै विवेकशील साझाका नेता शरदराज पाठकलगायतको ठूलो समूह पनि राप्रपामा प्रवेश गर्दैछ ।

मिश्रले सोमबार बुलुका मात्रै नयाँ पार्टीमा प्रवेश गर्नुपर्ने भयो भन्दै विवेकशील साझा पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएका थिए । विवेकशील साझाको अध्यक्षबाट भने उनले स्थानीय तहको निर्वाचनमा पार्टीले हार बेहोरेलगत्तै राजीनामा दिएका थिए ।

मिश्र यसपटक काठमाण्डु–१ बाट चुनाव लड्ने तयारीमा छन् । यसअघि २०७४ सालमा भएको निर्वाचनमा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।