काठमाण्डु – काठमाण्डुका १० निर्वाचन क्षेत्रमध्ये ७ वटा क्षेत्र नेपाली कांग्रेसले लिने सहमति भएको छ ।
काठमाण्डुको क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी सत्ता गठबन्धन दलहरूबीच सहमति भएको हो ।
कांग्रेसले यसअघि ०७४ को निर्वाचनमा जितेको १, ४, ६, १० क्षेत्र आफैंले राखेर गठबन्धनसँग तालमेल गर्दै थप ३ क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको हो । कांग्रेसले काठमाण्डुको ८ क्षेत्रमा दावी गरेपनि अन्तिममा ७ क्षेत्र मात्रै पाएकाे एक नेताले जानकारी दिए।
बाँकी ३ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । यस्तै क्षेत्र नम्बर ७ मा कांग्रेस, जसपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले दाबी गरेका छन्।
त्यस्तै क्षेत्र नम्बर ८ भने नेकपा (एकीकृत समाजवादी)ले लिने भएको छ ।




प्रतिक्रिया