सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बोलाइएको छ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेगरि बोलाइएको हाे।

निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । बैठकले सिट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ ।

मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो । प्रदेशसभातर्फको ३३० सिट बाँडफाँटको प्रस्ताव तयार गरिएको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले जानकारी दिए । उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

आजको बैठकले प्रतिनिधिसभातर्फको सिटबाँडफाँटमा पनि सहमति गर्ने ठानिएको छ ।