सिट बाँडफाट टुंग्याउन गठबन्धनका शीर्ष नेता बालुवाटारमा

सिट बाँडफाट टुंग्याउन गठबन्धनका शीर्ष नेता बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिट बाँडफाटको टुंगो लगाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाटको टुंगो लगाउन केहि बेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेशतिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटलाई लिएर गठबन्धन अझै अलमलमा छ । खासगरी पछिल्लो समय कांग्रेसमा देखिएको विवादका कारण गठबन्धनले सिट बाँडफाँट मिलाउन सकेको छैन ।

आसन्न निर्वाचनका लागि बन्दसूची सच्याउने अन्तिम म्याद र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने समय नजिकिँदै गर्दा दलहरू छलफलमा जुटेका हुन् ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्षनेताको सहभागिता छ ।