पार्टी कार्यालय घेराउ गर्दै शेखर समूह

पार्टी कार्यालय घेराउ गर्दै शेखर समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन् ।संस्थापन इतर समूहले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेको हो ।

गत सोमबार विहान ठमेलमा बसेको कोइराला समूहको बैठकले असोज १२ गते केन्द्रीय कार्यालय सानेपामा धर्ना गर्ने निर्णय गरेको थियो । सोही निर्णयहनुसार उनीहरुले आज दिउँसाे १ बजे पार्टी कार्यालय घेराउ गर्नेभएका हुन् ।

शेखर कोइराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ । उनीहरुले असोज १४ गतेसम्म समानुपातिक बन्दसूची सच्याउन आग्रह समेत गरेका छन् ।