संबैधानिक परिषदकाे बैठक बस्दै

संबैधानिक परिषदकाे बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि संवैधानिक परिषदको बैठक राखिएकाे छ । यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दीपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि पुन संवैधानिक परिषदको बैठक बस्न लागेकाे हाे ।  परिषदको बैठक आज दिउँसो ४ बजेलाई बोलाइएको छ।

न्यायाधीश हुनका लागि संविधानले तोकेको तीन वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुवैको पुगेको छ। तीन वर्ष सर्वाेच्च अदालतमा स्थायी न्यायाधीश रहेर काम गरेका तीन न्यायाधीश दीपकराज जाेशी, अाेमप्रकाश मिश्र र चाेलेन्द्र शमसेर राणाकाे नाम न्यायपरिषद्ले सिफारिस गरेकाे थियाे । पहिला नम्बरमा सिफारिस भएकाे जाेशीकाे नाम संसदीय सुनुवाइ बाट अस्वीकृत भएपछि अब मिश्र र राणा मध्य एक जनाकाे नाम सिफारिस गर्नुपर्नेछ ।

न्यायपरिषद्ले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश हुनका लागि योग्य न्यायाधीशको नाम सिफारिस गर्दा रोस्टरमा समावेश गरिएकाले उनीहरुमध्ये एकले नेतृत्व पाउने निश्चित छ।

मिश्र र राणा २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। एकै पटक सिफारिस भएका उनीहरुमध्ये मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन् भने राणा उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च आएका हुन्।

अख्तियारमा चार जना प्रतिस्पर्धी

उता अख्तियारको प्रमुख आयुक्तका लागि पनि धेरै आकांक्षीहरु रहेका छन् । हाल कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पुर्व मुख्यसचिव लिलामणी पौडेल, र बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्री प्रतिस्पर्धामा रहेका छन् । लोकमानसिंह कार्कीका अस्वभाविक बर्हिगमन पछि दीप बस्नेत प्रमुख आयुक्त भएका थिए । गत फागुनदेखि कार्यवहाकको भरमा आयोग चलिरहेको छ।

उनीहरुमध्ये घिमिरे प्रमुख आयुक्त भएमा आयोगमा एक आयुक्तको पद रिक्त हुनेछ। त्यसमा नेपाली कांग्रेसले दाबी गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामखु, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र कानूनमन्त्री र प्रधानमन्त्रीले तोकेका एक मन्त्री सदस्य हुने प्रावधान छ।