काठमाण्डु – नेपाल ल्युब आयल लिमिटेडले दशैंमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दशैंको अवसरमा धेरैजना सडकको माध्यमबाट निजी सवारी साधनमा घर फर्कने गरेकाले सो यात्रा आरामदायी बनाउन महत्त्वपूर्ण ठाउँहरू पहिचान गरी क्याम्प आयोजना गर्न लागिएको हो ।
मलेखु, हेटौंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा क्याम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पाट्र्समा १० प्रतिशतसम्म छुट पनि दिनेछ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मको उत्पादन उपलब्ध गराउँछ ।




प्रतिक्रिया