काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । बैठक बिहीबार दिउँसो ३ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने बुझिएको छ ।
उमेदवार छान्नका लागि यसअघि बसेको केन्द्रीय कमिटी बैठकले सचिवालयलाई जिम्मा दिइसकेको छ । एमालेमा प्रत्यक्षतर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् ।




प्रतिक्रिया