जसपाका कार्यकारिणी सदस्य कार्कीले छाडे पार्टी

जसपाका कार्यकारिणी सदस्य कार्कीले छाडे पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टीबाट राजीनामा दिएका छन् । कार्कीले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन् ।

उनले पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, पार्टीमा फितलो राष्ट्रवाद, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको बताए ।

जसपाले कार्कीको नाम मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि सिफारिस गरेको थियो । तर मोरङ क्षेत्र २ कांग्रेसको भागमा पर्ने निश्चित भएपछि उनले पार्टी परित्याग घोषणा गरेका हुन् ।