उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन एमालेले बैठक बोलाएको हो ।

बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि तोकेको असोज २३ गतेको समय नजिकिँदै गर्दां एमालेले बैठक बोलाएको हो ।

बैठकमा तल्ला तहहरुबाट सिफारिस भएर आएका नामहरुबाट छलफल गरि टुंगोमा पुग्ने एमाले तयारी छ । त्यस्तै विभिन्न दलहरुसँग चुनावी तालमेल गर्नेबारे छलफल हुने जनाइएको छ ।