यी हुन कांग्रेसले पाउने ८६ निर्वाचन क्षेत्र (सूचीसहित)

यी हुन कांग्रेसले पाउने ८६ निर्वाचन क्षेत्र (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धन दलले सिट बाँडफाटमा सहमति जुटाएका छन् । झण्डै दुई महिनादेखिको निरन्तरको छलफलपछि बुधबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकले सिट बाँडफाटमा करिब सहमति जुटाएको हो ।

प्रतिनिधिसभाका १६५ क्षेत्रको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको कार्यदलका एक सदस्यले जानकारी दिए । नेपाली कांग्रेसले ८६ र अन्य ४ दलले ७९ निर्वाचन क्षेत्र पाउने सहमति भएको छ । तर, अन्तिम समयसम्म कांग्रेसले थप केहि सिट पाउने सम्भावना छ ।

कांग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर– ३, कञ्चनपुर –२, डडेलधुरा, दार्चुला, कैलाली – १, ४, ५, अछाम –२, बाजुरा, सुर्खेत–१ र २, दैलेख – २, मुगु, नवलपरासी पश्चिम–२, बर्दिया–१ रहेको छ । दैलेख–१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ ।

यसैगरी चितवन –१ र २, गोरखा – १, मनाङ, कास्की-१, तनहुँ-१ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी-१, पाल्पा-१, अर्घाखाँची, रुपन्देही- ३,४ र ५, कपिलबस्तु-२, ३, दाङ-३ र बाँके  – ३ निर्वाचन क्षेत्रबाट पनि कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।

यसैगरी पाँचथर, इलाम-२, झापा –  १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी – २,३ र ४, ओखलढुंगा, उदयपुर – १, सप्तरी  -३, ४, सिरहा-१, २ धनुषा- २, ३ र ४ महोत्तरी-२ र ३ निर्वाचन क्षेत्र पनि कांग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही-४, बारा-१, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ-२, नुवाकोट -२, काठमाण्डु-१, १०, ३,४,५,६, भक्तपुर-१ र २, ललितपुर – १, काभ्रे-२ सिन्धुपाल्चोक-२ र मकवानपुर-१ कांग्रेसले भएकाे छ । शीर्ष नेताबीच भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने छ ।