काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का नेता नन्दसिंह बुढा नेकपा एमालेका फर्किएका छन् ।
बिहीबार एमाले महासचिव शंकर पोखरेलले बुढालाई पार्टीमा स्वागत गरेका हुन् । उनले एकीकृत समाजवादीको कुनै राजनीतिक भविष्य मैले नदेखेका कारण पुरानो घरमै फर्किएको बताए ।
तत्कालीन अवस्थामा नेकपा एमालेमा देखिएको विवादका क्रममा कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।
बुढा नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष थिए । उनलाई माधव नेपालले केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिएका थिए ।




प्रतिक्रिया