राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने

राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने भएका छन् ।

यसअघि उनले धुनषा–३ बाट चुनाव लड्ने अडान लिँदै आएका थिए । तर, नेकपा एमालेले धनुषा छाड्न नमानेपछि उनी सर्लाहीबाटै चुनाव लड्ने भएका हुन् । सर्लाहीका नेता महतोको गृहजिल्ला हो । तर, गत चुनावमा उनी सर्लाही छाडेर धनुषाबाट चुनाव लडेका थिए ।

धनुषा–३ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता महतोले यसपटक पटक पनि त्यहीँबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । तर, गठबन्धन गर्नमा नेकपा एमालेले सो क्षेत्र छाड्न नमानेपछि उनी सर्लाहीबाट चुनाव लड्न बाध्य भएका हुन् । अब उनी सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् ।

एमाले नेतृ जुली महतोले धनुषा–३ बाट चुनाव लड्ने अडान रापछि अध्यक्ष केपी ओलीले सो क्षेत्र छाड्न नमानेका हुन् ।