युवालाई पूर्वराष्ट्रपतिको आग्रह: निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

युवालाई पूर्वराष्ट्रपतिको आग्रह: निमुखा जनताको पक्षमा राजनीति गर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गरेका छन् ।

१५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाण्डुको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई आग्रह गरेका हुन् । अहिंसाको बाटोबाट निमुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उनको भनाइ छ ।

मानिसबाट भएको प्रकृतिको विनासबाट नेपाल मात्र नभएर विश्वमा बढेको जलवायु परिववर्तनले मानव सभ्यता संकटमा पर्ने जोखिम बढेको बताएका पूर्वराष्ट्रपति यादवले देश नै संकटमा पर्दा पनि अहिलेका नेतृत्वलाई मतलब नभएकाले अब युवा राजनीतिमा आउनुपर्ने बताएका हुन् ।

प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य, इन्धनजस्ता संकट बढेको उनले बताए ।