काठमाण्डु- सत्ता गठबन्धनले हालसम्म सिट बाँडफाँटमा सहमति जुटाउन सकेको छैन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन सत्ता गठबन्धनलाई सकस परेको हो ।
असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्नुपर्ने भएकाले सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् । तर, अधिकांश स्थानमा कुरा मिलेपनि केही क्षेत्रमा गठबन्धनका सबै दलले दाबी गरेपछि सहमति हुन सकेको छैन ।
सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने निर्णय गरेको छ । आफूले मागेजति सिट नदिएकाले तालमेल नगर्ने जसपाले जनाएको छ ।




प्रतिक्रिया