गठबन्धनको विषय टुंग्याउन ओली र ठाकुरबीच छलफल

गठबन्धनको विषय टुंग्याउन ओली र ठाकुरबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर बीच छलफल भइरहेको छ ।

सोमबार अध्यक्ष ओली र ठाकुर चुनावी गठबन्धनको विषय टुंग्याउन छलफलमा जुटेका हुन ।  आजको छलफलले एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा टुंगो लाग्ने स्रोतको दावी छ ।

पछिल्लो समय नेकपा एमालेले लोसपासँग चुनावी तालमेलबारे त्यति चासो देखाएको छैन् । मधेस प्रदेशमा १९ सिट माग गरेको छ । तर, एमालेले सहमति जनाएको छैन । त्यसकारण आज अन्तिम वार्ता गर्न ठाकुर अध्यक्ष ओली भेट्न बालकोट पुगेका जनाइएको छ ।