सीट बांडफांटमा कुरा नमिलेपछि गठबन्धन आज भत्कदै, जसपा एमालेसंग मिल्ने

सीट बांडफांटमा कुरा नमिलेपछि गठबन्धन आज भत्कदै, जसपा एमालेसंग मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सत्तारुढ गठबन्धन आज भत्कने भएको छ । सिट बांडफांटको विषयमा सत्तारुढ दलहरुबीच बिवाद भएपछि गठबन्धन भत्कने भएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीबीच सिट बांडफांडमा लगभग सहमति भएपनि उपेन्द्र यादव नेतृत्वको जसपासंग कुरा नमिल्दा समस्या भएको स्रोतको दावी छ ।

गठबन्धनको बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । प्रतिनिधिसभाको १६५ र प्रदेश सभाका ३३० सिटमा आज हस्ताक्षर गर्ने सम्भावना भएपनि जसपा भने गठबन्धनबाट बाहिरिने सम्भावना बढेको हो ।

गठबन्धनमा कांग्रेसले ८५, माओवादी ४४, एकिकृत समाजवादी १८ र जसपालाई १५ सिट दिने गरि छलफल चलिरहेको छ । तर, जसपाले भने २५ सिट नदिए गठबन्धन छोड्ने चेतावनी दिइसकेको छ । उसले एक्लै चुनावमा जांदा समेत १५ सिट जित्ने दावी गर्दै आएको छ ।

यादव नेतृत्वको जसपालाई इन्गेज गरेर राख्ने र अन्तिममा थोरै सिट दिने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । तर, यादवले भने आफुलाई २५ सिट नदिए गठबन्धनमा नबस्ने बताइसकेका छन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसंग समेत निरन्तर वार्ता गरिरहेका छन् ।

एमालेले जसपालाई २४ सिट दिने प्रस्ताव गरिसकेको छ । दुवै दलबीच २ नम्बर प्रदेशमा १६-१६ सिटमा चुनाव लड्ने गरि छलफल चलिरहेको छ । बांकी काठमाण्डौं ७, मोरङ ५ सुनसरी १ र धनकुटा जसपालाई दिने गरि सहमति हुने सम्भावना छ ।

जसपा र एमाले मिल्दा दुई नम्बर प्रदेशमा राम्रो परिणाम आउने विश्लेषण भइरहेको छ । सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेस लचिलो नभए यादवले गठबन्धन छोड्ने बलियो सम्भावना रहेको जसपाका एक शिर्ष नेताले काठमाण्डुपाटीलाई बताए । उनले भने ‘अव गठबन्धनबाट हामी अलग हुने निश्चित भएको छ । हामी एमालेसंगै सहकार्य गरेर अघि बढ्छौं । हाम्रो लागि आजको बैठक अन्तिम बैठक हो । ’