काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको चुनावी तालमेल करिब सहमति नजिक पुगेको छ ।
शुक्रबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका हुन् ।
दुई पार्टीबीच चुनावी तालमेल गर्ने कुरा यसअघि नै निश्चित भइसकेको अवस्थामा शुक्रबारको छलफलले त्यसलाई थप अघि बढेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले पाउने सिट संख्याको विषयमा छलफल भए पनि टुंगो लागि नसकेको उनले बताए।
प्रवक्ता श्रेष्ठले भने, ‘भोलि फेरि बसेर सिट संख्या र क्षेत्र टुंग्याउँछौँ। कति पाउने भन्नेबारे अहिले सार्वजनिक नगरौँ भन्ने भएको छ। सकेसम्म हामी धेरै लिने एमाले थोरैमा चित्त बुझाओस् भन्नेमा छ।’
झापामा भने दुई दलबीच चुनावी सहकार्य गर्ने सहमति जिल्लास्तरमै भएको छ। झापा ३ मा अध्यक्ष लिङ्देनलाई छाड्न एमाले तयार भएको छ। नेताहरुका अनुसार राप्रपाले करिब एक दर्जनभन्दा बढी सिट पाउने मोटामोटी सहमति भएको छ।




प्रतिक्रिया